पोखरामा एकीकृत प्रगतिशील इन्जिनियर समूहको चुनावी सभा

हिमाली आवाज । नेपाल इन्जिनियर्स एशोसिएसनको ३३ औँ केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो गण्डकी प्रदेश कार्यकारिणी समितिको निर्वाचनका लागि एकीकृत प्रगतिशिल इन्जिनियर समूहको पोखरामा चुनावी सभा तथा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

पोखरामा आज एक कार्यक्रमबीच सत्तारुढ नेकपा(माओवादी केन्द्र),नेकपा(एकीकृत समाजवादी र जनतासमाजवादी निकट इन्जिनियरहरुले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् । एकीकृत प्रगतिशील समूहबाट गण्डकी प्रदेश सभापतिमा इन्जिनियर डा गोविन्द प्रसाद लामिछाने उम्मेदवार बन्नुभएको छ ।

यसैगरी उपसभापतिमा इन्जिनियर दीपक सुवेदी, सचिव जीवन थापा र सहसचिवमा आनन्द भट्टराई र कोषाध्यक्षमा कल्पना पण्डित हुनुहुन्छ । सो समूहबाट केन्द्रीय सदस्य प्रदेशमा तारा भट्टराई उम्मेदवार हुनुहुन्छ ।

यसैगरी सदस्यहरुमा सुदिन मोक्तान, सुदीप दाहाल, रोशन पौडेल, दिनार कुमार श्रेष्ठ, अनिल कमल न्यौपाने, रामकृष्ण घिमिरे, निलाम्बर आचार्य, किशोर कुमार भण्डारी र पदमलाल अधिकारी उम्मेदवार बन्नुभएको छ ।

घोषणासभामा गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नयाँ नेपाल निर्माण गर्न प्राविधिक सहित वातावरणीय हिसावले अब सोच्नु पर्ने समय आएको बताउनुभयो ।

देशमा प्रगतीशिल इन्जिनीयरहरु खाँचो रहेको बताउदै उहाँले नयाँ नेपाल निर्माण गर्ने बिषयमा अब पूर्वाधार सहित वातावरणलाई समेत मध्यनजर गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले विभिन्न क्षेत्रमा विज्ञेता हासिल गरेका व्यत्तिहरुको देशमा खाँचो भएको बताउदै मन्त्री बरालले गठबन्धन भएको हिसावले इन्जिनीयर एशोसियसनको आगामी निर्वाचनमा जित सुनिश्चत गर्न आग्रह गर्नु भयो । निर्वाचनमा जे पनि हुन सक्ने बताउदै मन्त्री बरालले थप सचेतना अपनाउन समेत प्रत्यासी उमेदवारलाई सुझाव दिनु भयो ।

गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला रुपकले देशमा समृद्धि सहित गुणस्तरीय विकासका लागि दक्ष इन्जिनीयरहरुको खाँचो भएको बताउनुभयो । समुन्नत नेपाल बनाउन घोषणा पत्रमा उल्लेख भएका कुरा पालना गरे करिब तीन पुस्ता समायोजन भएको उमेदवारका प्रत्यासिहरुको जित सुनिश्चित भएको दाबी गर्नुभयो ।

नेकपा एकिकृत समाजबादी कास्कीका सहसचिव पूर्ण लामाले प्रगतीशिल बिचार र कार्य विना देशमा आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने दाबी गर्नु भयो ।

केन्द्रिय सभापतिका प्रत्यासि उमेदवार ई.डा.हरिराम पराजुलीले एशोसियसनले इन्जिनीयरहरुको हकहितमा काम गर्न नसक्दा १५ हजार भन्दा कम तलवमा काम गर्न बाध्य हुनु परेको गुनासो गर्नु भयो ।

देशको विकास र समृद्धि गराउने गरी दु्रत गतिमा काम गर्दा प्रत्येक वडामा ३ जना इन्जिनीयरहरु खाँचो हुने उहाँको दाबी छ । देशमा हाल करिब ६५ हजार इंन्जिनीयरहरु भएको पराजुलीले बताउनु भयो । गण्डकी प्रदेशका अध्यक्षका प्रत्यासी ई.डा.गोविन्द प्रसाद लामिछानेले आफुहरु प्रगतीशिल पार्टी निकट संगठनको गठबन्दन भएकोले जित प्रायः सुनिश्चित भएको दाबी गर्नू भयो ।

नेपाल इन्जिनीयर्स एशोसियसनको आगामी माघ ७ गते हुने ३३ औं केन्द्रिय कार्यकारिणी समिति र प्रदेशको दोश्रो कार्यकारी समितिको निर्वाचनको मिति तय भए पनि कोरोनाको तेश्रो लहरका कारण के हुन्छ भन्ने बिषयमा हाल अन्यौल भएको छ ।

उक्त समुहको निर्वाचन परिचालन समिति, गण्डकी प्रदेशका संयोजक विकास वाग्लेको अध्यक्षतामा उक्त कार्यक्रम भएको सचिव अनिस ढकालले बताए । गण्डकी प्रदेशमा २ हजार ५१ जना मतदाता रहेको सचिवका प्रत्यासी उमेदवार जीवन थापाले जनाए ।

Comments
Loading...