निजामति कर्मचारी युनियन कास्कीको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

हिमाली आवाज । नेपाल निजामित कर्मचारी युनियन कास्कीको आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको आज पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुरेश श्रेष्ठ लगायत पदाधिकारी र सदस्यहरुको पदस्थापन गरिएको थियो । डेमोक्रेटिक लयर्स एशोसिएसन कास्कीका अध्यक्ष एवं निर्वाचन अधिकृत कृष्णमणि दाहालले पदस्थापन तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा निर्वतमान अध्यक्ष र सचिवले नयाँ निर्वाचित अध्यक्ष र सचिवलाई माइन्युट हस्तान्तरण गर्नुभयो । यही पुस २३ र २४ गते सम्पन्न कर्मचारी युनियनको अधिवेशनले सुरेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।

यसैगरी खुल्ला उपाध्यक्षमा केदार सापकोटा, महिला उपाध्यक्ष सीता बराल ढुंगाना, समावेशी उपाध्यक्ष विशन थापा, सचिव ई सुमन शर्मा, युवा सहसचिव जिवनाथ शर्मा र कोषाध्यक्षमा चेतराज आचार्य निर्वाचित हुनुभएको थियो ।

यसैगरी खुला सदस्यहरुमा दीपक शर्मा पराजुली, सुनिल ढकाल, अनिल बराल, पुष्पराज अधिकारी रहनुभएको छ । महिला सदस्यहरुमा राममाया कडरिया श्रेष्ठ र रन्जना पोखरेल पौडेल, सदस्य श्रेणी बिहिनमा मुक्ति गिरी र डालाराम बसौला निर्वाचित हुनुभयो ।

अधिवेशनले दीपक रेग्मी, अर्जुन गुरुङ्ग, चित्रा ढकाल, विश्व राज आचार्य र बद्री पौडेललाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित गरेको छ ।
नवनिर्वाचित अध्यक्ष सुरेश श्रेष्ठले कर्मचारीहरुको हक हित र अधिकारका लागि लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दै कर्मचारी युनियन संघलाई देशकै ठूलो कर्मचारी संगठन बनाउन आफू लागि पर्ने बताउनुभयो ।

Comments
Loading...