एमाले कास्कीमा माछापुच्छ्रेबाट सात जना निर्वाचित, पदाधिकारीमा शुन्य

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) कास्कीको १० औँ जिल्ला अधिवेशनको सम्पूर्ण समूहको अन्तिम मत परिणाम सार्वजनिक गरिएको छ ।

गत पुस २५ गतेदेखी सुरु भएको जिल्ला अधिवेशनले निर्वाचन मार्फत नेतृत्व चयन गरेको हो । अध्यक्ष लगायत अन्य पदाधिकारी तथा सदस्यहरुका लागि मतदान गरिएको थियो ।

अन्तिम मत परिणाम अनुसार माछापुच्छ्रे गाउँपालिका खुला, भुगोल, महिला तथा दलित समूहमा गरी कूल सात जना जिल्ला सदस्यमा निर्वाचित भएका छन् । भुगोलबाट जिल्ला सदस्यमा पाँच जना, खुला र दलितमा एक÷एक जना निर्वाचित भएको निर्वाचत समितिले जनाएको छ ।

जिल्ला सदस्यमा खुलातर्फ माछापुच्छ्े गाउँपालिका अध्यक्ष समेत रहनुभएका कर्णबहादुर गुरुङ लोकप्रिय मतका साथ निर्वाचित हुनुभयो । गुरुङले तृतीय स्थानमा रहँदै ३७६ मत पाउनुभयो ।

यसैगरी गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी महिलातर्फ सर्वाधिक ४०८ मत प्राप्त गरी विजयी हुनुभयो । भूगोलतर्फ यदुनाथ अधिकारीले ३९०, महेश्वर दवाडी ३३७, विष्णु केसी २९४ र रोमहर्षण पौडेलले २९२ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

दलित समावेशीतर्फ माछापुच्छ्रे गाउँपालिका कार्यपालिका सदस्य समेत रहनुभएका रेशमकुमार नेपालीले २१६ मत प्राप्त गरी निर्वाचित हुनुभयो ।
पदाधिकारीमा शुन्य
जिल्ला सदस्यमा सात जना निर्वाचित भएको माछापुच्छ्रे गाउँपालिकाबाट पदाधिकारीमा भने कोही पनि परेनन् । गाउँपालिकाबाट पदाधिकारीमा कसैले पनि उम्मेदवारी दर्ता गरेका थिएनन् ।

पदाधिकारीमा माछापुच्छ«े गाउँपालिका मात्र नभएर सिँगो क्षेत्र नं ३ मा पनि कोही पनि निर्वाचित हुन सकेनन् । क्षेत्र नं ३ बाट अध्यक्षमा उम्मेदवारी दिनुभएका दामोदर बैरागी पराजित हुनुभयो ।

यसैगरी उपसचिव पदका उम्मेदवार इमानराज पौडेलले पनि विजयी हुन नसक्दा प्रतिनिधिसभा र प्रदेश सभाका २ निर्वाचन क्षेत्र रहेको क्षेत्र नं ३ एमाले कास्कीको पदाधिकारी टिममा शुन्य हुन पुगेको छ ।

Comments
Loading...