भूमि आयोग कास्कीको अध्यक्षमा माओवादी केन्द्रका गंगा पोखरेल नियुक्त

हिमाली आवाज । सरकारले भूमि आयोगमा अध्यक्ष लगायतका पदाधिकारी नियुक्ति गरेको छ । आयोगको कास्की जिल्ला अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीका नेता गंगा पोखरेल नियुक्त हुनुभएको छ ।

हालै बसको मन्त्रिपरिषद् बैठकले कास्की लगायतका जिल्लाहरुमा भूमि आयोगको अध्यक्ष नियुक्तिको निर्णय गरेको बताइन्छ । कास्की अध्यक्षमा नियुक्ति पाउनु भएका पोखरा–१७ निवासी पोखरेल हाल माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीमा रहनुभएको छ । आयोगलाई सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलन गर्ने र उनीहरुलाई लालपूर्जा वितरण गर्ने जिम्मेवारी रहेको छ।

 

Comments
Loading...