टाइगर कप भलिबल :पुरुषतर्फ हेल्प नेपाल र आर्मी तथा महिलातर्फ एपिएफ र आर्मी फाइनलमा

हिमाली आवाज । पोखरामा जारी दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगिता अन्तर्गत पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल आर्मी फाइनलमा भिड्ने भएका छन् ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा यही पुस २६ गतेदेखी माघ १ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन भइरहेको प्रतियोगितामा आजको खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।त्यसैगरी महिलातर्फ दुई विभागीय टोली नेपाल आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लब शनिबार फाइनलमा आमनेसामने हुँदैछन् ।

हेल्प नेपालले चार खेलमा १० अङ्कका साथ फाइनलमा स्थान पक्का गर्दा नेपाल आर्मी चार खेलमा नौ अङ्कका साथ दोस्रो हुँदै फाइनलमा स्थान बनाएको हो । हेल्प नेपालले राउण्ड रोविन लिग अन्तर्गत चौथो खेलमा गण्डकी माथि २५–१८, २५–१६ र २५–२३ को सहज जित निकाल्न सफल भयो ।

पुरुषतर्फ विभागीय टोली नेपाल आर्मीले नेपाल पुलिस क्लब माथि ३–० को सहज जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो । आर्मीले २५–१५, २५–१८ र २५–१३ ले पुलिसलाई पराजित गर्न सफल भयो ।

यसैगरी महिलातर्फ विभागिय टोली नेपाल आर्मी राउण्ड रोविन लिगमा शीर्ष नौ अङ्कका साथ फाइनलमा स्थान बनाउँदै अर्को विभागी टोली एपिएफको सामना गर्ने भएको छ । आजको खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसमाथि ३–० को सहज जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो ।

आर्मीले २१–२५,२५–१८,२५–२० र २५–१३ अङ्कले खेल जित्दै फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो । एपिएफले आठ अङ्कका साथ द्धितीय स्थान बनाएको छ । आज सम्पन्न अर्को खेलमा नेपाल पुलिसले न्यू डायमण्डमाथि ३–०को सोझो सेटमा जित निकाल्यो ।

डायमन्डले नेपाल पुलिस क्लबसँग सोझो सेटमा हार बेर्होन बाध्य बनेपछि एपिएफले दोस्रो स्थानमा रहँदै फाइनलमा पुग्न सफल भएको हो । हिजो खेल चल्दै गर्दा अध्यारो भएपछि स्थगन गरिएको खेलमा पुलिसले २५–२०, २५–२० र २५–२३ अङ्कले खेल जितेको हो ।

प्रतियोगिताको उपाधि विजेता महिला÷पुरुष टोलीले समान रु तीन÷तीन लाख, उपविजेता महिला÷पुरुष टिमलाई समान रु एक लाख ५० हजार, तृतीय हुने महिला÷पुरुष टिमलाई समान नगद रु ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।यसै गरी महिला तथा पुरुष तर्फ उत्ृकष्ट एक÷एक खेलाडीलाई समान रु २५÷२५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी उत्कृष्ट पाँच विद्याका खेलाडीहरुलाई जनही रु १०÷१० हजार र ट्रफीद्वारा सम्मान गरिने प्रतियोगिता आयोजक टाइगर ग्रुप पोखराका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।

Comments
Loading...