पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सचिवमा कास्कीका शर्मा निर्वाचित

हिमाली आवाज । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सचिवमा कास्कीका शकुन्तलादेवी शर्मा निर्वाचित हुनुभएको छ ।
चितवनको सौराहामा सम्पन्न महासंघको छैटौं अधिवेशनबाट शर्मा सचिवमा विजयी हुनुभएको हो ।

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको कार्यसमितिको पदाधिकारीमा महिला निर्वाचित भएको यो पहिलो पटक हो । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको इतिहासमा कास्की की शर्माले पहिलो महिला पदाधिकारीको रुपमा आफ्नो नाम लेख्न सफल हुनुभयो ।

कास्कीको पोखरा महानगरपालिका–३१ को बासिन्दा शर्माको पोखरा १० रामघाटमा सल्लरबोट पुस्तक एण्ड स्टेसनरी सप्लायर्स व्यवसाय रहेको छ ।

यस्तै, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा कैलालीका सञ्जयकुमार चौधरी निर्वाचित हुनुभयो । वरिष्ठ उपाध्यक्षमा रुपन्देहीका दिवाकर घिमिरे , उपाध्यक्षमा चितवनका किरणकुमार खनाल, काठमाडौंका पुष्पराज पौडेल र सुनसरीका सञ्जीव सत्याल निर्वाचित हुनुभएको छ । यसैगरी ,महासचिवमा शिवसागर शर्मा, उपमहासचिवमा रुपन्देहीका यमलाल लोहनी, सचिवमा काठमाण्डौका विष्णुप्रसाद पौडेल, बाँकेका बुद्धिप्रसाद अधिकारी र कास्कीका शर्मा निर्वाचित हुनुभयो ।

यस्तै, कोषाध्यक्षमा काठमाण्डौका गोविन्द महर्जन, सहकोषाध्यक्षमा मकवानपुरका किरणबाबु न्यौपाने , लेखा समिति संयोजकमा सिन्धुलीका वाशुप्रसाद भेटुवाल, लेखासमिति सदस्यमा चितवनका बुद्धिसागर कँडेल र मकवानपुरका वाशु न्यौपाने निर्वाचित हुनुभयो ।

त्यसैगरी पदेन केन्द्रीय सदस्यहरूमा रञ्जन चापागाई प्रदेश १, धिरज श्रेष्ठ प्रदेश २, नारायणकुमार श्रेष्ठ वागमती, लिलाराम गौतम गण्डकी, भैरव रावल लुम्बिनी, कमल नेपाल कर्णाली र मेखराज दाहाल सुदूरपश्चिम चयन हुनुभएको छ ।

भूगोल सदस्य अन्तर्गत उमेश अधिकारी , उमेशकुमार अग्रवाल प्रदेश २, रमेश ढुंगेल वाग्मती, द्रोणप्रसाद भुसाल लुम्बिनी, जगत प्रसाद शर्मा कर्णाली र वासुदेव गौतम सुदूरपश्चिम चयन भएको बताइन्छ ।

खुला केन्द्रीय सदस्यतर्फ राजेन्द्र तिवारी चितवन, गणपति पाण्डे रुपन्देही, विजयकृष्ण महर्जन ललितपुर, ताराराम श्रेष्ठ तनहुँ, रविन बराल झापा, रवीन्द्र बराल सुनसरी र शम्भु लामिछाने कैलाली निर्वाचित भएका छन् ।

त्यस्तै खुला केन्द्रीय सदस्य स्टेसनरी तर्फ सरोज मास्के चितवन, कृष्णराम कार्की काभ्रे, होमनाथ पाण्डे रुपन्देही, गोविन्द गौतम र मोहनप्रसाद सापकोटा कास्की चयन भएका छन् । एसोसिएट केन्द्रीय सदस्य स्टेसनरीतर्फ अर्जुनकुमार आचार्य काठमाडौं र पुस्तकतर्फ महेश शर्मा चयन भएका छन् । महासंघको निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

Comments
Loading...