पोखरामा पातञ्जल योग शिविर

हिमाली आवाज । पातञ्जल योग समिति नेपाल गण्डकीको आयोजनामा योग शिविर शनिबार पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद मीना गुरुङले युवाहरुलाई योग तर्फ आकर्षित गर्नुपर्ने बताउनुभयो । शिक्षा संस्कृति तथा सामाजिक विकास मन्त्रालयका उपसचिव भोजराज न्यौपानेले योगबाट आफू लाभान्वित भएको बताउनुभयो ।

खेलकुद परिषद् गण्डकीका सदस्य योगेन्द्र शेरचनले खेलकुद क्षेत्रमा समेत योगलाई विस्तार गर्नुपर्ने बताउनुभयो । युवा विभाग प्रमुख कमला गुरुङले योग दिवसको बारेमा चर्चा गर्दै योगको बारेमा मानिसमा शिक्षा र जनचेताना फैलाउन पतञ्जलीले महत्पूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

पातञ्जल योग समिति नेपाल गण्डकीका अध्यक्ष रश्मि भण्डारीले बिसम परिस्थीतिमा उपस्थीत सबै लाई धन्यबाद दिदै योगको महत्वको बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा बिद्यार्थीहरु र सांसद गुरुङ लगायतले योग आसन समेत गर्नुभयो ।

Comments
Loading...