कास्कीको मादीमा कोरोना संक्रमण बढेपछि २५ जना भन्दा बढी भेला हुन गाउँपालिकाद्धारा रोक(विज्ञप्ति सहित)

हिमाली आवाज ।  कोरोना भाइरस कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि कास्कीको मादी गाउँपालिकामा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ ।

गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा ओमिक्रोन भेरियन्ट सहितको कोरोना संक्रमण दिनानुदिन बढ्दै गएकाले गाउँपालिकाभित्र हुने सक्ने संक्रमणको जोखिमलाई नियन्त्रण गर्न सो व्यवस्था गरिएको जनाउनुभयो ।

गाउँपालिकाले कोरोनाबाट उच्च सतर्कता अपनाउन तथा पालिकाभित्र २५ जना भन्दा बढी मानिसहरु भेला हुने कुनै पनि किसिमका औपचारिक तथा अनौपचारिक कार्यक्रम, सभा सम्मेलन, जुलुस, जात्रा महोत्सव, विवाह, ब्रतबन्ध, अर्घो जस्ता संस्कारजन्य कार्यक्रम र भोजभतेर नगर्न आग्रह गरेको छ ।

यसैगरी जारी विज्ञप्तिमा सार्वजनिक यातायातमा पूर्ण स्वास्थ्य मापण्डको पालना गर्न र महामारीका बेला अत्यावश्यक नपरि घर बाहिर ननिस्कन र खोप नलगाएका १२ वर्ष माथिका पालिकावासीलाई खोप लगाउन आह्वान समेत गरिएको छ ।

Comments
Loading...