नेपालमा एकै दिन १० हजार बढीमा कोरोना संक्रमण

हिमाली आवाज । नेपालमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको छ । पछिल्ला केही दिनदेखी लगातार संक्रमण बढिरहेकालेमा आज एकै दिन १० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।

Comments
Loading...