कोरोना संक्रमण बढेपछि शुक्रबार रातिदेखी जोर बिजोर प्रणाली लागू (प्रशासनको आदेशसहित)

काठमाडौँ । सरकारले कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरी आदेश जारी गरेको छ ।

प्रशासनले स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू नहुने जनाएको । काठमाडौँ उपत्यकामा केही दिनयता दैनिक जसो कोरोना संक्रमित बढेका छन् ।

Comments
Loading...