पहिरोले मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध

हिमाली आवाज । सुख्खा पहिरो खसेपछि मुग्लिन मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । ।सडक अवरुद्ध भएपछि सवारी साधनहरु र यात्रुहरुबीच बाटोमै रोकिएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम जारी छ । तर पहिरो ठूलो भएकाले सबै पन्छाएर बाटो खुलाउन कम्तिमा तीन घण्टा समय लाग्ने प्रहरीले जनाएको छ ।

Comments
Loading...