रेडक्रस पोखरा –९ उपशाखाको पदस्थापन, उपशाखाको भवन निर्माण गर्ने निर्णय

हिमाली आवाज । रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाको पदस्थापन तथा पहिलो वैठक शान्ति दर्शन पार्कमा शनिवार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी कास्कीका सदस्य दीपेन्द्र मर्सानिले नेपाल रेडक्रस सोसाईटी विपतमा रहेका नागरिकलाई सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँले पोखरा ९ उपशाखा को भवन निर्माण कार्यको लागि माथिल्लो तहमा पहल गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि कास्की लेखा समिति सदस्य दामोदर शर्मा पराजुलीले समाजलाई सही दिशामा सहयोगी भावनाका साथ अगाडि वढाउन रेडक्रसको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो ।

पदस्थापन कार्यक्रममा रामकृष्ण पहारी ,वलराम पहारी, उपशाखा ९ सभापति राजेन्द्र पहारी, उपसभापति राममाया मानन्धर लगायतले मन्तव्य राख्नुभयो । कार्यक्रमले पोखरा ९ मा रेडक्रस सोसाइटी उपशाखाको भवन निर्माण गर्ने निर्णय गरेको छ। साथै कोभिडका विरामि बढिरहेको हुदा पृथ्वीचोक महेन्द्रपुल र चिप्लेढुँगामा सोमवार ८ः३० वजे देखि निःशुल्क मास्क वितरण गर्ने र सो कार्यको लागि उपसभापति राममाया मानन्धर संयोजक रहने बताइन्छ ।

सो समितिमा प्रकाश शर्मा, सीता परियार, हिरा घले र लक्ष्मी पहारी समितिमा रहनुभएको छ। निवर्तमान उपसचिव प्रेम गुरूङको अध्यक्षतामा कार्यक्रम भएको थियो।

Comments
Loading...