नेकपा एमालेका अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओलीको हिजो गरिएको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको बताइन्छ ।

हाल ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई संक्रमण देखिएको जनाइएको छ ।

Comments
Loading...