हिमाली आवाज । गण्डकी प्रदेशको सत्तारुढ पाँचदलीय गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पक्षमा गम्भीर कमीकमजोरी भएको निष्कर्ष निकालेको छ ।
राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा आज पाँच दलीय गठबन्धनको समीक्षा बैठकले गठबन्धनमा गम्भीर कमीकमजोरी रहन गएको हुँदा आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने निर्णय गरेको हो ।

बैठकले गठबन्धनको आवश्यकता र औचित्यतालाई थप पुष्टी गर्दै प्रजातन्त्र÷लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निश्कर्ष निकालेको छ ।
गठबन्धनले उम्मेदवारहरुलाई विजयी बनाउन मेहनतपूर्वक लाग्नुभएका नेता, कार्यकर्ता, मतदाता एवं आम जनतालाई धन्यवाद व्यक्त गरेको छ । हिजो सम्पन्न निर्वाचनमा गठबन्धनकाउम्मेदवारहरु सुरेश आलेमगर, कमला पन्त, भुवनबहादुर सुनार विजयी हुनुभएको थियो ।
