माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीसीको सिफारिस

काठमाडौँ । कोभिड संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । सीसीएमसीसीको आजको बैठकले सो निर्णय गरेको हो ।

यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएकोमा यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको हो । यस्तै कलेज, ट्युसन सेन्टरलगायतमा पनि यही निर्णय लागू हुनेगरी सिफारिस भएको छ ।

Comments
Loading...