जिल्ला कृषि सहकारी संघ कास्कीको अध्यक्षमा पौडेल सर्वसम्मत

हिमाली आवाज । जिल्ला कृषि सहकारी संघ लिमिटेड पोखरा कास्कीको एघारौँ साधारण सभा तथा चौथो अधिवेशन शुक्रबार एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

कोरोनाका कारण लामो समयदेखि गर्न नसकिएको कार्यक्रम सामाजिक दुरी कायम गरि सिमित व्यक्तिहरुको उपस्थितिमा पोखरामा सम्पन्न भएको हो ।

अधिवेशनले फणिन्द्र प्रसाद पौडेलको अध्यक्षतामा दुई सदस्य पछि थप गर्ने गरी सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा भीम प्रसाद सुवेदी र कोषाध्यक्षमा कमला कुमारी सु्वेदी पौडेल चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा पार्वती पौडेल, क्या. हर्क बहादुर गुरुङ्ग, अनिल सु्वेदी र खिमप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ । यसैगरी लेखा समिति संयोजकमा अर्जुन कुमार लामिछाने र सदस्यहरुमा शिव प्रसाद पौडेल र सीता पौडेल निर्वाचित हुनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै मुक्तिनाथ कृषि सामाग्रीका संचालक भुमिराज भण्डारीले कृषकहरुले परम्परागत विधि त्याग्दै आधुनिक प्रविधिको प्रयोग गरि व्यावसाय अगाडि बढाई कृषि पेशालाई व्यवस्थित बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

त्यसैगरि कृषि सहकारीका सदस्यहरुलाई आवश्यक परेको अवस्थामा विभिन्न तालिम दिई सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो । शुभकामना मन्तव्य राख्दै प्रस्तावित प्रदेश कृषि सहकारी संघ गण्डकीका अध्यक्ष रामजी प्रसाद अधिकारीले कृषि सहकारी भन्ने तर व्यवहारमा वचत तथा ऋण सहकारीको भुमिका निर्वाह गरेको पाईएको जनाउनुभएको थियो ।

कृषि सहकारीले १ सहकारी १ उत्पादन कार्यक्रम गर्नुपर्नेमा उहाँको जोड थियो । महानगर सहकारी सँघका सचिव उमराज बास्तोला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । जिल्ला कृषि सहकारी संघका निवर्तमान अध्यक्ष शिवजी कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव अनिल सुवेदीले गर्नुभएको थियो भने संघकै सदस्य गोविन्द प्रसाद घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

हाल जिल्ला कृषि सहकारी संघ कास्कीमा ७२ कृषि सहकारी आवद्ध रहेको संस्थाका निवर्तमान अध्यक्ष शिवजी कोईरालाले जानकारी दिनुभयो ।

Comments
Loading...