हिमाली आवाज । पोखराका क्रियाशील पत्रकार शिवराज बस्ताकोटी(शिवदाई)ले आफ्नो जन्म दिन फरक ढंगले मनाउनुभएको छ ।
प्रेस सेन्टर पोखरा महानगर कमिटीका अध्यक्ष एवं पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य रहनुभएका पत्रकार बस्ताकोटीले आज आफ्नो ५९ औँ जन्म दिनमा पत्रकार महासंघ परिसरमा बेलपत्र, रुद्राक्ष, पारिजात र कपुरका विरुवा रोप्नुभएको हो ।
यसअघि उहाँले विन्ध्यवासिनी मन्दिर र ट्राफिक प्रहरी कार्यालय कास्कीमा वृक्षारोपण गर्नुभयो । जन्म दिनलाई सामाजिक कार्य गरेर मनाउनुपर्दछ भन्ने मान्यता राख्नुहुने पत्रकार बस्ताकोटीले दुइ घण्टा पोखराको व्यस्त चोकमा ट्राफिक स्वयंसेवकको भुमिका समेत निर्वाह गर्नुभयो ।
उहाँले भन्नुभयो,“ म सँधै सामाजिक हितका कार्य गर्न मन पराउँछु । आज जन्म दिनपनि अरुको भन्दा फरक ढंगले सामाजिक काम गरौँ भन्ने लागेर वृक्षरोपण गरेको हुँ ।”

