काठमाडौँ । सत्ता गठबन्धन आगामी जेठ महिनाभित्रमा स्थानीय तहको निर्वाचन गराउन सहमत भएका छन् ।
प्रधानमन्त्री निवासमा आज बसेको सत्ता गठबन्धनको बैठकले विसं २०७९ जेठ महिनाभित्रै स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।

निर्वाचन आयोग लगायत निकायबाट स्थानीय तहको चुनावको मिति तोक्न ताकेता भइरहेका बेला शनिवार गठबन्धनको बैठक बसेको हो ।
बैठकले जेठ महिनाभित्रै स्थानीय चुनाव सम्पन्न गर्न सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।