पोखरामा एक केजी अवैध सुन सहित युवक पक्राउ

हिमाली आवाज । कास्की प्रहरीले पोखराबाट एक जना युवकलाई अवैध सुन सहित पक्राउ गरेको छ ।

कास्की जिल्लामा अवैध रूपमा सुनको ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो राति अन्दाजी ८ बजेको पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउसबाट पोखरा–१५ रामबजार बस्ने २५वर्षीय रमेश सुनारलाई पक्राउ गरेको हो ।

स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको माईक्रोबसमा सवार सुनारको साथबाट अवैध सुनको चारपाटे बिस्कुट आकारको एक केजी आठ ग्राम सुन र विभिन्न बैकका चेकबुक ३ थान सहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका सुनारलाई थप अनुसन्धानको लागी राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

Comments
Loading...