माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल(प्रचण्ड) निर्विरोध निर्वाचित हुनुभएको छ ।

पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वम्मत निर्वाचित केन्द्रीय कमिटीको आज बसेको बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गरेको हो ।

नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव र अर्का नेता कृष्णबहादुर महराको समर्थनमा प्रचण्ड अध्यक्षमा चुनिनुभएको हो ।

श्रेष्ठले राखेको प्रश्ताव केन्द्रीय कमिटी बैठकले सर्वसम्मत अनुमोदन गरेको बताइन्छ । माओवादीले महाधिवेशनबाट कमिटी निर्वाचित गर्ने र सो कमिटी बैठकबाट अध्यक्ष लगायतका पदाधिकारी चयन गर्ने गरी निर्वाचन कार्यविधि बनाएको छ ।

Comments
Loading...