नेकपा(एमाले)ले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार टुँगायो(नामावली सहित)

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीका उम्मेदवार टुँगो लगाएको छ । एमालले गण्डकी प्रदेशमा खुलातर्फ कास्कीका पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।

यसैगरी महिलातर्फ लीला पोखरेल(थनेत) नवलपुर र दलितर्फ गोविन्दबहादुर नेपाली बाग्लुङ हुनुहुन्छ । राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते मंगलबार उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ ।यसैगरी एमालेका अन्य उम्मेदवारहरुमा प्रदेश नं १ मा खुला देवराज घिमिरे (झापा)
महिला,सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यक सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु) रहनुभएको छ । प्रदेश नं २ मा खुला असर्फी भिनवार यादव (धनुषा) र महिला बिना साह (रौतहट) हुनुहुन्छ ।

बागमती प्रदेशमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिला निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली) उम्मेदवार हुनुहुन्छ । लुम्बिनी प्रदेशमा खुला रामदयाल गुप्ता (दाङ), महिला भारती खनाल (बाँके) र दलित कृष्णबहादुर सुनार (गुल्मी) हुनुहुन्छ ।

कर्णाली प्रदेशमा खुला चूडामणि शर्मा (सुर्खेत), महिला गंगा थापा महत (जुम्ला) र अल्पसंख्यक पदमबहादुर माझी (दैलेख) रहनुभएको छ । सूदुरपश्चिममा खला डिल्लीराज भट्ट (डोटी),महिला सन्तोषकुमारी शर्मा (कैलाली) र दलित नरेश बिक (बैतडी) हुनुहुन्छ ।

Comments
Loading...