Tiger Cup

कानून निर्माणसँगै कार्यान्वयनमा केन्द्रित छौँः मन्त्री थापा

हिमाली आवाज । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दु कुमार थापाले प्रदेश सरकार कानून निर्माण गर्न तर्फ मात्रै नभई कार्यान्वयनमा समेत केन्द्रित रहेको बताउनु भएको छ ।

मूख्यन्यायाधिवक्ताको कार्यालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा बुधबार भएको गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका कानूनहरुको जानकारी सम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री थापाले नेपालको संविधान जारी भएपछि सम्पन्न तीन तहको निर्वाचन पश्चात गठन भएको प्रदेश सरकार तथा प्रदेश सभाले लगभग ४ वर्षको यात्रामा ५० वटा ऐन र ११ वटा नियमावली जारी गरिसकेको र अहिले कार्यान्वयनको पक्षमा रहेको उल्लेख गर्नुभयो ।

‘प्रदेश सरकारकाले ऐन सहित धेरै संख्यामा निर्देशिका, कार्यविधि, मापदण्ड तथा गठन आदेश जारी गरेको छ’,उहाँले भन्नुभयो,‘संघीयताको आभाष दिलाउने गरी अब बनेका कानूनहरुको कार्यान्वयन तर्फ हामी केन्द्रीत छौं ।’

मन्त्री थापाले प्रचलित कानूनको बारेमा हरेक सरोकारवालाहरुले जानकारी राख्न जरुरी रहेको र कानूनको अज्ञानता क्षम्य नहुने बताउनुभएको छ ।

‘कानून मन्त्रालयले हालसम्म बनेका सबै ऐन, नियम, कार्यविधि, निर्देशिका आदि प्रदेश राजपत्रमा प्रकाशन गर्ने गरेको छ’, उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेश सरकारले प्रचलित प्रदेश कानूनको पुनरावलोकन समेत गर्ने र प्रदेश तथा स्थानीय तहले बनाएको कानून कार्यान्वयनको सम्बन्धमा अध्ययन समेत गर्ने गरेको छ ।’

मन्त्री थापाले कानूनको जानकारी प्रदानगर्ने कार्य कानून कार्यान्वयनको एक पाटो भएको र यसले कानूनमा रहेका कमीकमजोरी पत्ता लगाई समसामायिक सुधार गर्न सहयोग गर्ने उल्लेख गर्नुभएको छ ।

टिप्पणिहरु
Loading...