Tiger Cup

विन्ध्यवासिनी माविले हीरक जयन्ती मनाउने

हिमाली आवाज । पोखराकै पुरानो विद्यालय विन्ध्यवासिनी मा.विवाटुलेचौरले विभिन्न कार्यक्रम गरी विद्यालय७५ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने भएको छ ।

वि.सं २००४ सालमा स्थापना भएको विद्यालयले पुस २७ गते हीरक जयन्तीको उद्घाटन गरी चार महिनासम्म विभिन्न कार्यक्रम सहित आगामी वैशाख २७ गते समापन गरिने वुधवार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा अधिकारी थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्य समिति, २८ सदस्यीय सचिवालय तथा विभिन्न व्यक्तिको संयोजकत्वमा २९ वटा उपसमिति गठन गरी तयारी शुरु गरिएको छ ।

समितिका अध्यक्ष चन्द्राअधिकारी थापाले हीरक जयन्तीलाई ऐतिहासिक र गौरवपुर्ण वनाउन कुनै कसर वाँकी नराख्ने वताउदै, सवै पक्षको सहयोग र सहभागितावाट कार्यक्रम सफल वन्ने वताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले शैक्षिक गुणस्तरमा थप वृद्घि गर्न विद्यालय प्रतिवद्घ रहेको वताउदै सवै पक्षको समन्वय आवस्यक रहेको उल्लेख गर्नुभयो ।

हीरक जयन्तीको पुर्वसन्धयामा विद्यालयले पुस २५ गते वडाभित्र वृहत सरसफाई, २६ गते सांस्कृतिक झाँकी सहित प्रभात फेरि, २७ गते विहान रक्तदानगरिने र भव्य समारोहकाबीच जयन्तीको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले गर्नुहुने प्रचार उपसमितिका संयोजक यदुनाथ वञ्जराले जानकारी दिनुभयो ।

हीरक जयन्तीका अवसरमा विद्यालयले मा.वि तहमा खुल्ला दौड, सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, वडा स्तरीय आधारभुत तहमा हिसाव दौड, मिठाई दौड, विन्दि दौड, आमा समुह विच म्युजिकल चियर प्रतियोगिता, अभिभावक सम्मेलन, निःशुल्क स्वास्थ्य शिविर, विज्ञान प्रर्दशनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पुर्नमिलन कार्यक्रम र चैत २७ गते नवनिर्मित भवनको उद्घाटन सहित हीरक जयन्ती समापन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

जयन्तीलाई सफल वनाउनप्रचार प्रसार,अर्थ संकलन, संघ संस्था समन्वय लगायतका २९ वटा उपसमितिले आआफ्नो कार्यलाई तिव्रता दिएको वताईएको छ । चार महिनासम्म संचालन हुने हीरक जयन्तीका कार्यक्रम मनाउन करिव ४१ लाख रुपैया खर्च लाग्ने र उक्त रकम विभिन्न सहयोगी संघ संस्था, भु.पु विद्यार्थी, विज्ञापनदाता, लगायतवाट संकलन गरिने अर्थ संकलन उपसमितिका संयोजक शिवराज देवकोटाले जानकारी दिनुभयो ।

टिप्पणिहरु
Loading...