एमाले कास्कीको अधिवेशनको तयारी पूरा,अध्यक्ष ओलीले उद्घाटन गर्ने

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले)कास्कीको १० औँ अधिवेशनको तयारी पूरा भएको छ ।

एमाले कास्कीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी यही पुस २३ गते पोखरा सभागृहमा हुनेअधिवेशनको तयारी पूरा भएको र अधिवेशनमा ९१४ प्रतिनिधि सहभागी हुने जनाएको छ ।अधिवेशनको पूर्वप्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कास्कीका कार्यबाहक अध्यक्ष मनबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार पालिका मातहतका ७२ वटा वडा, विशेष इलाका मातहतका शाखा कमिटी, गाउँपालिका, महानगरपालिका, जनवर्गीय संगठनबाट छानिएका प्रतिनिधि, सल्लाहकार परिषद, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु अधिवेशनमा प्रतिनिधिका रुपमा छनोट भएका छन् ।

अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १० वटा उपसमितिहरु गठन गरिएको प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले जानकारी दिनुभयो ।एमालेले सकभर सर्वसम्मत नेतृत्व चयन गरिने जनाएको छ । सर्वसम्मत नभएको खण्डमा चुनावबाट समेत नेतृत्व चयन गरिने सो पार्टीले जनाएको छ ।

Comments
Loading...