Tiger Cup

भारतमा सात महिनापछि कोरोना संक्रमितको दैनिक संख्या १ लाख बढी

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,१७,१०० नयाँ संक्रमित भेटिएका छन् ।

बिहिबारको तुलनामा २८.८ प्रतिशत बढी संक्रमित भेटिएका छन् । बुधबार भारतमा कोरोनाका ९० हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका थिए । भारतमा ७ महिनापछि दैनिक संक्रमितको संख्या १ लाख पार भएको छ । यसअघि ६ जुनमा एक लाख बढी संक्रमित भेटिएका थिए ।
भारतमा हालसम्म ३,५२,२६,३८६ नयाँ संक्रमित भेटिइसकेका छन् ।यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३०२ जनाको मृत्यु भएको छ ।

भारतमा निको हुने दर ९७.५७ प्रतिशत छ । पछिल्लो २४ घण्टामा यहाँ ३०,८३६ बिरामी निको भएका छन् । हालसम्म यहाँ ३,४३,७१,८४५ जनाले कोरोनालाई जितिसकेका छन् ।

टिप्पणिहरु
Loading...