पोखराको इन्द्रराज्यलक्ष्मी माविमा वार्षिक खेलकुद कार्यक्रम

हिमाली आवाज । पोखरा महानगरपालिका–१६ लामाचौरमा अवस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

यही पुस २२ र २३ गते गरी दुई दिन सञ्चालन भएको खेलकुद कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले गर्नुभयो । उहाँले रिले दौडका विद्यार्थीलाई अंक प्रदान गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

वार्षिक खेलकुद कार्यक्रममा आधारभुत तहमा तातो आलु, बेलुन फुटाइ,मेमोरी खेल,फुटबल, कुर्सी दौड, चम्चा दौड लगायतका खेलकुद कार्यक्रम गरिएको थियो ।
यसैगरी माध्यमिक तहमा अन्तर सदनात्मक छात्र÷छात्रा फुटबल, भलिबल,२०० र ४०० मिटर दौड,कुर्सी दौड,टेवलटेनिस लगायत विविधि कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।  ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रधानाध्यापक केशव प्रसाद अम्गाई,सहायक प्रधानाध्यापक पूर्णभद्र अधिकारी लगायतले खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक, मानसिक तथा चौतर्फी विकासका लागि कार्यक्रम गरिएको बताउनुभएको थियो । वार्षिक खेलकुद कार्यक्रमको संयोजन मावि इन्चार्ज एवं खेलकुद कार्यक्रम संयोजक बलबहादुर श्रेष्ठले गर्नुभयो ।

Comments
Loading...