पोखरामा गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता सुरु

हिमाली आवाज । पोखरामा आजदेखी गण्डकी प्रदेशस्तरीय प्रथम खुला आर्चरी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो ।

कास्की जिल्ला आर्चरी सङ्घको आयोजनामा आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी पोखरा रङ्गशालास्थित आर्चरी मैदानमा सञ्चालन भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट गरी ६४ जना खेलाडी सहभागी भएकामा पहिलो दिन ३२ जना ‘नकाउट’ चरणमा प्रवेश गरेका छन् ।प्रतियोगितामा कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लाका खेलाडीहरुले उपाधिका लागि प्रतिस्पर्धा गरेका छन्।

‘¥याङकिङ राउण्ड’मा म्याग्दीका २४ वर्षीय सुजन पुनले सर्वाधिक स्कोर बनाउँदैं ¥याङकिङको शीर्षस्थानमा रहन सफल हुनुभएको कास्की जिल्ला आर्चरी सङ्घका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिनुभयो । शीर्षस्थानमा रहँदै नकाउट राउण्ड प्रवेश गर्नुभएका पुनले नगद रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

पहिलो दिनको ¥याङकिङ राउण्डमा खेलाडीहरुले १० डोर प्रहार गरेका थिए । प्रतियोगिताका संयोजक बसन्त गौचन(साकुरा)का अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गर्दै प्रतियोगिता आयोजना गरिएको हो । शनिबार ३२ जनाबाट उत्कृष्ट चार जनालाई नगद पुरस्कार प्रदान गरिने छ ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीले समेत प्रतिस्पर्धा गरेका छैनन् । प्रतियोगिता संयोजक गौचनले भन्नुभयो,“राष्ट्रिय प्रतियोगितामा यस इभेन्टमा पदक विजेता खेलाडीले सहभागिता जनाउन पाउँदैनन् । पदक विजेता खेलाडी अपग्रेड हुन्छन् ।” पदक विजेताहरुका लागि पछि कम्पाउण्ड ५० मिटर र रिकर्भ ७० मिटरमा खेलाइने सङ्घले जनाएको छ ।

प्रतियोगिताबाट १० खेलाडी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट गरिने छ । उत्कृष्ट चारसहित अन्य छ जनालाई छनोट गरेर बन्द प्रशिक्षणमा राखिने सङ्घका अध्यक्ष शेरचनले जानकारी दिनुभयो ।उहाँका अनुसार १० जनाबाट पनि अन्तिम चरणमा चार जना मात्र छनोट गरेर राष्ट्रिय खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण सञ्चालन गरिनेछ ।

प्रतियोगिताका विजेता खेलाडीलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएकोे छ । व्यक्तिगततर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले क्रमशः रु २५, २०, १५ र १० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

उद्घाटन समारोहमा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले परम्परागत आर्चरी खेलको विकासका प्रदेश खेलकुदले केही कार्यक्रमहरु अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो,“हाम्रा अग्रजहरुले गर्दा नेपालको आर्चरी खेल विकासले गति लिएको छ । आर्चरी खेल संस्कृतिसँग समेत जोडिएकाले पनि यसको महत्व ठूलो छ । सरकार र नीजि क्षेत्र समते मिलर यस खेलको थप विकास गर्नु आवश्यक छ ।”

नेपाल आर्चरी सङ्घका वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले आर्चरी खेल विकासका लागि सरकारको लागि प्रयाप्त हुन नसकेको गुनासो गर्दै भन्नुभयो,“ओलम्पिकमा समेत आर्चरीबाट पदकको सम्भावना बढी छ तर लगानी हुन नसक्दा यसको विकास हुन सकेको छैन।”
पोखरामा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजनका लागि नेपाल आर्चरी सङ्घले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

Comments
Loading...