निजामति कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेश श्रेष्ठ निर्वाचित

हिमाली आवाज । नेपाली काँग्रेस निकट निजामति कर्मचारी युनियन संघ कास्कीको अध्यक्षमा सुरेश श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठले रामचन्द्र पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

पुस २३ गतेदेखी सुरु आठौँ अधिवेशन अन्तर्गत आज सम्पन्न मतदानमा ५१२ मत खसेकामा श्रेष्ठले ३८८ मत प्राप्त गर्नुभयो । श्रेष्ठ पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखरामा अधिकृत तहमा कार्यरत हुनुहन्छ । उहाँ नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)को केन्द्रीय महासचिव समेत हुनुहुन्छ ।

यसैगरी अधिवेशनबाट उपाध्यक्षमा केदार सापकोटा र सचिवमा इन्जिनियर सुमन शर्मा निर्वाचित हुनुभएको निर्वाचत समितिले जनाएको छ ।

Comments
Loading...