माओवादी केन्द्रको मादीमा भेला तथा प्रशिक्षण

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) मादी वडा नं ११ मा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रम वडा कमिटीका अध्यक्ष बुद्धी प्रसाद खनालको अध्यक्षतामा तथा माओबादी केन्द्र कास्की जिल्ला समन्वय समितिका अध्यक्ष बखानसिंह गुरुङको प्रमुख अतिथिमा सम्पन्न भएको हो ।कार्यक्रमा प्रमुअ अतिथि गुरुङले आगामी दिनमा माओवादी आन्दोलनलाई थप बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य कृष्णराज दाहाल, जीवन परियार , गाउँपालिका कमिटीका अध्यक्ष तोरण गुरुङ्ग, उपाध्यक्ष रुद्र रानाभाट ,सचिब बेल बहादुर विश्वकर्मा लगायले परिर्वतनको मुख्य संवाहक माओवादी केन्द्र रहेकाले जनताको भरोसा पनि सो पार्टीमा मात्र रहेको बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्र मादी ७ का वडा कमिटी अध्यक्ष दुर्गाबहादुर गुरुङ, मादी ६ का अध्यक्ष दीपक परियार, वडा कमिटीका सचिव अनिल नेपाली लगायतले मादीमा माओवादीलाई पहिलो पार्टी बनाउन सबै लागि पर्नुपर्नेमा जोड दिनुभयो ।

Comments
Loading...