हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–६ भिँडाबारीमा जीप दुर्घटना हुँदा १२ जना सामान्य घाइते भएका छन् ।

अनन्त ठाँटीबाट मलामी लिएर आउँदै गरेको ग १ ज ६५१० नम्बरको जीप आज दिउसो सडकमा अनियन्त्रित भएर पल्टिएको थियो ।
घटनामा घाइते भएका १२ जनालाई स्थानीयवासी र प्रहरी मिलेर उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको भिँडाबारी प्रहरी चौकीले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।