माछापुच्छ्रे गाउँपालिकाको प्रशासकीय अधिकृतमा पोखरेल

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्णुप्रसाद पोखरेलले आज पदबहाली गर्नुभएको छ ।

यसअघि तनहुँको आँबुखैरेनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहनुभएका पोखरेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसबाट माछापुच्छ्रेमा सरुवा हुनुभएको हो ।

प्रशासकीय अधिकृत पोखरेल माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकको स्थायी बासिन्दा समेत हुनुहुन्छ । आफ्नै पालिकामा प्रशासकीय प्रमुख जिम्मेवारी प्राप्त भएकामा खुःशी व्यक्त गर्दै उहाँले सबैको साथ सहयोगबाट पालिकाको विकाससँगै जनचाहना अनुरुप सहज र सरल रुपमा सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पोखरेलले गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दवाडी र लेखा प्रमुख सीता शर्माले माला र खादा लगाएर स्वागत गर्नुभएको थियो ।

विसं २०६१ मा नायब सुब्बा पदबाट निजामती सेवामा प्रवेश गर्नुभएका पोखरेलले यसअघि जिल्ला निर्वाचन कार्यालय कास्की र तनहुँ, इलाका प्रशासन कार्यालय पाल्पाको प्रमुख, गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय, र रुपा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर जिम्मेवारी पूरा गर्नुभएको छ ।

Comments
Loading...