नीति माओवादीको नेतृत्व अर्काको हुँदा समृद्धि हासिल गर्न कठिन : अर्थमन्त्री बराल

हिमाली आवाज । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता रामजी प्रसाद बराल(जीवन)ले जसको नीति उसैको नेतृत्व भएमा समृद्धि हासिल गर्न समय नलाग्ने बताउनु भएको छ ।

पर्वतको जलजलागाउँपालिका ९ स्थित बनौ देविथानमा निर्माण हुन लागेको बौद्ध बिहारको बिहीबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले जसको नीति उसैको नेतृत्व भएमा मात्र समृद्धि हासिल गर्न समय नलाग्ने दाबी गर्नु भएको हो ।

नीति ल्याउने माओवादी पार्टीको नेतृत्व नहँुदा समृद्धि हासिल गर्न कठिन भएको मन्त्री बरालको भनाई थियो । उहाँले भन्नुभयो “परिवर्तनको अगुवाई माओबादी पार्टीलेनै गरेको हो तर कसैकसैलाई यो तितो सत्य पच्दैन, यो कुरा साँचो हो, अब सवै तहमा समृद्धिको नेतृत्वपनि माओबादी पार्टीलेनै लिनुपर्ने हुन्छ ।” नीति एउटाको नेतृत्व अर्कोको भएको कारण तालमेल मिल्न नसकेको उहाँले बताउनु भयो ।

समृद्धिको नेतृत्व वडा, पालिका तथा प्रदेश र संघ सवै तहमा बास्तमा नितीअनुसार नेतृत्व गर्नुपर्ने त्यसो हुदाँ गरिबीअन्त्य गरी देशमासमृद्धि हुने मन्त्री बरालले दाबीगर्नु भयो । पछिल्लो समयमा पुर्वाधारको क्षेत्रमादेश अघि बढेसंगै अबउत्पादनमा समेत जोड दिनुपर्ने मन्त्री बरालले बताउनु भयो ।

जलजला गाउँपालिका वडा नम्बर ९का वडा अध्यक्ष गौ बहादुर पुन (पुर्जा) को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य लोकराज आचार्य, माओबादी केन्द्र पर्वतका संयोजक सुदिप कुवंर, पुर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्य, बनौं मा.वि.बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष डम्बर बहादुर पुर्जा, लामा गुरु, अम प्रसादगर्बुजा, भुवनसिंह पुर्जालगायतले वोल्नु भएको थियो ।

उक्त बौद्ध बिहार निर्माणमा गण्डकी प्रदेश सरकारबाट ५ लाख, कोरीया समुहबाट ५७हजार, डब बहादुर गर्बुजाबाट ५० हजार, स्थानिय पूर्ण बहादुर पाइजाबाट ३५ हजार, प्रेम बहादुर पुर्जाबाट ३० हजार भुवनसिंह पुनबाट २५ हजार लगायतबाट सहयोग प्राप्तभएको वडा अध्यक्षपुनले बताउनु भयो । बौद्ध बिहादर निर्माण समितिको आयोजनामा करिब एक करोडको लागतमाउक्तबिहार निर्माण हुने भएको हो ।

Comments
Loading...