हिमाली आवाज । पोखरा, एक पछि अर्को चर्चित र्निणय गर्दे आएको गण्डकी प्रदेशकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब गण्डकी प्रदेशका अस्पतालहरुमा बायोमेडिकल ईन्जिनियरको व्यवस्था गर्ने तयारी पनि सुरु गरेको छ ।
मन्त्रालयले स्वास्थ्य नीति जारी गरेपछि नीति भित्र रहेका बिषयहरुलाई एक पछि अर्को गर्दे कार्यान्वयनमा लैजाने स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले जानकारी दिनु भयोे । उहाँले अस्पताल र अस्पतालमा उपकरणमा मात्र जोड दिने तर उपकरण बिग्रिएपछि बनाउन बर्षो लाग्ने अबस्थाको अन्त्य गर्न जरुरी रहेको उहाँको भनाई छ ।

पोखरामा सुरु भएको ट्रमा केयर तालिमको उदघाटन गर्ने क्रममा मन्त्री अधिकारीले गुणस्तरीय सेवाका लागि भएका उपकरणहरु सहि अबस्थामा राख्न सक्ने हुनका लागि योग्य जनशक्ति आबस्यक रहेको मन्त्रालयले महशुस गरेकोले सोही अनुसार अगाडि बढने बताउनु भयो । उहाँले भन्नुभयो,“स्वास्थ्य आम मानिसको पहुँचमा पुग्ने स्वास्थ्य नीति बनाइएको छ , अब त्यो अनुसार काम अगाडी बढ्छः उहाले भन्नु भयो ।”
कोरोना संक्रमणको समयमा राज्यले स्वास्थ्यमा लगानी गरेपछि त्यो लगानीलाई दिर्घकालिन बनाउन उजुरी रहेको उहाँको जोड थियो । प्रदेशका बिभिन्न स्थानमा रहेका अक्सीजन प्लान्ट अहिले प्रयोग बिहिन बनेको आफुलाई जानकारी आएको भन्दै उहाँले र्निमाण मात्र ठुलो कुरा हाईन प्रभावकारी हुने, नहुने मुख्य कुरा भएको बताउनु भयो ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. डिल्लीराम तिवारीले आजको अबस्थामा पहाडी ईलाकामा ट्रमाको महत्व झन बढी रहेको बताउनु भयो । तालिमको उदघाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका अध्यक्ष सूर्य ढकालले निःशुल्क रगत प्राप्त गर्ने ब्यबस्था आम नागरीकका लागि एक एतिहासिक महत्वको र्निणय भएको बताउनु भयो । स्वास्थ्य मन्त्रालयको कार्यसम्पादनमा आफुहरु सन्तुष्ट रहेको उहाँको भनाई थियो ।
