जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा

हिमाली आवाज । मधेस प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा भोली फागुन १ गते आइतबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

जनयुद्धका अवसरमा मधेश प्रदेशका सबै जिल्लामा बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिनुभयो ।

मन्त्री साहका अनुसार जनयुद्धमा सहिद तथा ज्यान गुमाएकाका परिवारलाई तीन लाखका दरले अनुदान दिने निर्णय समेत सरकारले गरेको छ ।

Comments
Loading...