नेपाली कांग्रेस बैदाम समितिको सभापतिमा लामिछाने

हिमाली आवाज । नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नंं. ६ स्थित ३ नम्वर टोल समिति बैदामको सभापतिमा विकास लामिछाने चयन हुनुभएको छ । टोल समितिको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट लामिछानेलाई सर्वसम्मत सभापतिमा चयन गरिएको हो ।

नवनिर्वाचित सभापति लामिछाने टोल भित्रका सबै कांग्रेसीहरुलाई गोलवन्द गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउँदै विगतका तुलनामा कांग्रेसको जनलहर बढ्दै गएको बताउनुभयो।

टोलको उपसभापतिमा गीता देबी पहारी र विपिन पौडेल, सचिवमा शारदा लम्साल, कोषाध्यक्षमा सन्देश दाहाल र सहसचिवमा आलोक पहारी चयन हुनुभयो । सदस्यहरुमा उमा लामिछाने, निर्मला बोगटी, भुपाल भित्राकोटी,विमल थापा, हेमराज पराजुलि र दिवश लामिछाने रहनुभएको छ ।

बैदाम क्षेत्रमा रहेका स्कुलपाटन, समिको पाटन, किमबारी र बाराही चोकलाई गोलबद्ध गरि टोललाई ३ नम्बर नामाकरण गरिएको सचिब प्रकाश न्यौपाने जानकारी दिनुभयो।शनिबार नै इकाई ६ बैदामले टोलमा रहेका जेष्ठ नागरिक सदस्यहरुलाई दोसला ओढाइ सम्मान गरेको छ ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाली कागे्रस गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्माले पार्टीको सबैभन्दा महत्वपूर्ण मेरुदण्ड टोल समिति भएको बताउनुभयो। आगामि बैशाख ३० गते हुने स्थानीय चुनाब को तयारिको लागि हरेक वडामा सबैले टोल समिति गठन गर्नेु पर्ने ,जसले गर्दा तल्लो तहको समिति सम्म कांग्रेसका कामको बिषयमा जानकारी हुने उहााको भनाई छ ।

कास्की कागे्रसका सहसचिव तथा वडा प्रतिनिधि शंकर ढुङ्गानाले नेपाली काङ्ग्रेसको हालको नितिनै पार्टी मजबुद बनाउने रहेकाकाले संगठनलाई सकृय बनाउने योजना सुनाउनुभयो।

नेपाली काङ्ग्रेस पोखरा महानगर पालिका ६ का सभापति सन्तोष पौडेलले आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै कांग्रेसका सबै तह सक्रिय हुनुपर्ने र कांग्रेसका उमेदवारहरुलाई आफ्नो एजेण्डा सहित मतदाताहरको घरमा गई, बुझाउन सके मात्र जित सुश्चित हुने कुरामा सुझाब दिनुभयो।

टोल सभापति प्रभा पौडेल सुवेदीको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रतिनिध देवेन्द्र के.सी, नगर सचिब गणेश बहादुर थापा, पूर्व महिला संघ सभापति अन्नपूर्ण कुवँर, बैदाम ६का नेविसघं सभापति विष्णु पहारी, क्षेत्रिय प्रतिनिधि बलराम गिरीर सल्लाहकार तेजनारायण पराजुलि लगाएतका बक्ताहरुले कांग्रेसको विभिन्न तहका समितिहरुले विधान अनुसार विभिन्न विभाग र समितिहरु समयमै गठन गर्न र नियमित बैठक गरेर समयानुकूल निर्णय गर्नुपर्ने खाँचों औल्याएका थिए ।

 

Comments
Loading...