देशभर २४ घण्टामा ७४७ कोरोना संक्रमित,८ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सो अवधिमा संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टीजेन विधिबाट जम्मा ८६९६ जनामा गरिएको परीक्षणमा ७ सय ४७ जनामा संक्रमण देखिएको जनाएको हो ।

पीसीआर विधिबाट ६ हजार २ सय ७९ जनामा परीक्षण गर्दा ४ सय ८२ जना र एन्टिजेन विधिबाट २ हजार ४ सय १७ जनामा परीक्षण गर्दा २ सय ६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टायता निको हुनेको संख्या २ हजार ३१९ पुगेको छ । योसँगै ९ लाख ४० हजार ९०२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
सोहि अवधिमा ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख गरिएको छ ।

Comments
Loading...