एमसीसीको विरोधमा माओवादीका भ्रातृ संगठनले संसद घेराउ गर्ने

काठमाडौँ ।एमसीसीको विरोधमा माओवादी केन्द्रको भ्रातृ संगठन विरोधमा उत्रिएको छ ।

संसदमा आज एमसीसी टेवल हुने भएपछि माओवादीको भ्रातृ संगठन वाइसीएल नेपाल र अनेरास्ववियू (क्रान्तिकारी) ले संसद भवन घेराउ गर्ने कार्यक्रम राखेको छ ।

यथास्थितिमै एमसीसी टेबल गर्ने कदम राष्ट्रघाती हुने दुई संगठनको भनाइ छ । एमसीसी टेबल आजै गर्ने तयारी भएपछि त्यसको विरोधमा संसद भवन घेराउ गर्न लागिएको ती दुई संगठनले बताएका छन् ।

Comments
Loading...