हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठ नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

राजधानी काठमाडौँमा सम्पन्न महासंघको १२ औँ अधिवेशनमा कास्कीका अध्यक्ष श्रेष्ठ भूगोलतर्फ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।
श्रेष्ठ श्रम निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्कीको अध्यक्ष समेत हुनुहुन्छ ।
महासंघको केन्द्रीय अध्यक्षमा भने हालका अध्यक्ष रवि सिँह दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उहाँले ७६५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्दी निकोलस पाण्डेले ३३७ मत मात्र प्राप्त गर्नुभयो ।