हिमाली आवाज । तत्कालीन पोखरा नगर पञ्चायतका पूर्वप्रधानपञ्च रुद्रबहादुर कार्कीको निधनमा आज पोखरा महानगरपालिका र यसअन्तर्गतका कार्यालयहरुमा शोक विदा दिइएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालद्धारा आज जारी शोक विज्ञप्तिमा महानगर नगर कार्यपालिकाको कार्यालय र यस अन्तर्गतका कार्यालयहरु शोक विदाको रुपमा बन्द रहने जनाइएको छ ।
पोखरा–१२ चापापानी निवासी पूर्वप्रधानपञ्च कार्कीको पोखरामा उपचारका क्रममा हिजो राति ९८ वर्षको उमेरमा निधन भएको थियो । उहाँ विसं २०२८ देखी विसं २०३१ सम्म पोखराको प्रधानपञ्च हुनुहुन्थ्यो ।


