हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटीले पूर्णता पाएको छ ।
चैत ८ गतेदेखी पोखरामा सुरु भएको प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बुधबार राति मतदानबाट पदाधिकारी निर्वाचित गरिएको हो ।
मतदानबाट तीन उपाध्यक्ष पदका लागि गुणाखर बस्याल(पर्वत), मित्र शरण शर्मा (नवलपुर) र ज्ञामनाथ गैरे(बाग्लुङ) निर्वाचित हुनुभयो ।
उपाध्यक्षमा सात जनाको उम्मेदवारी परेको थियो । यसैगरी सचिवमा गोरखाका जगन्नाथ खनाल निर्वाचित हुनुभयो ।
सहसचिवमा टेक बहादुर विक(म्याग्दी),अतिन्द्र केशरी न्यौपाने(तनहुँ) र मेख बहादुर भण्डारी(लमजुङ) र कोषाध्यक्षमा तारा भुसाल(स्याङ्जा) निर्वाचित हुनुभएको माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपक कोइरालाले जानकारी दिनुभयो ।प्रदेश कमिटीको अध्यक्षमा भने गायत्री गुरुङ यसअघिनै सर्वसम्मत चयन हुनुभएको थियो ।


