बैदाममा घर घरमा जाउँ,काग्रेसलाई जिताउँ’ अयिभान

हिमाली आवाज । नेपाली काग्रेस पोखरा महानगर पालिका वडा इकाई ६ द्धारा बुधबार टोल कार्यसमितिहरु सँग अन्तरक्रिया एंव छलफल कार्यक्रम सम्पन्न भएको छ ।

आउदै गरेको स्थानिय निर्वाचनमा टोल कार्यसमितिले गर्नु पर्ने काम कर्तव्य र टोलस्तरमा भए गरेका अधुरा सहित विकास निर्माणमा भएका काम र प्रगतिका बारेमा योजना तयार गर्ने उद्देश्यले टोलस्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बैशाखमा ३० गते हुने स्थानिय निर्वाचनमा नेपाली कागे्रसका तर्फ बाट उम्मेदबारलाई जिताउन टोलस्तर बाट हुने सहयोग । बुथ कमिटिमा गठन गर्नु पर्ने र बुथमा रहने ब्यक्तिले मतदाताहरु प्रति गर्ने ब्यवहार सहित कस्ता उम्मेदबारलाई पार्टीले टिकट दिलाउदा उम्मेदबारले चुुनाब जित्न सक्छ । पार्टी भित्र एकरुपता ल्याउने, आर्थिक सुशासन कायम गराउने, मतदाताहरु सगँ समयमै पुग्न ग्यारेन्टीसहित अन्य निकास र समाधानको विषयमा छलफल गरिएको थियो ।

नेपाली काँग्रेसमा महाधिबेशन प्रतिनिधि डा.कृष्ण प्रसाद पौडेलले ‘घर घरमा जाउ काग्रेसलाई जिताउ’ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिदै टोलमा काग्रेस मजबुत भएमा मात्र काग्रेसका उम्मेदबारले चुनाब जित्ने हुदा, काग्रेसीहरुलाई टोल मुखी हुन आग्रह गर्नुभयो । टोलमा भएका विकास निर्माण कार्यहरु सहित काग्रेसको गतिविधिका बारेमा जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनसम्म पुग्न ढिलाई हुने गरेको पाईएकाले समयमै नेपाली काग्रेसका उम्मेदबारहरु मतदाताहरुको घरदैलोमा पु¥याउने योजना बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको इकाइ सभापति सन्तोष पौडेलले जानकारी बताउनुभयो ।

गिरिजा प्रसाद कोइराला टोल समितिका सभापति गुरुदत्त कोइरालको सभाअध्यक्षमा भएको कार्यक्रममा सचिब प्रकाश न्यौपाने, पूर्व वडा अध्यक्ष होमबहादुर लामिछाने, मिडिया सल्लाहकार गणेश पहारी सल्लाहकार तेजनारायण पराजुलि, सल्लाहकार नेत्रपाणि न्यौपाने, सल्लाहाकार जनकलाल श्रेष्ठ क्षेत्रिय प्रतिनिधि सावित्री तिमिलसीना, पूर्व क्षेत्रिय उपसभापति मोति प्रसाद ढङगाना, प्रदेश प्रतिनिधि लक्ष्मी बहादुर भट्टराई, क्षेत्रिय प्रतिनिधि लोकराज पहारी, चुडामणि अधिकारी र विष्णु प्रसाद पहारी लगाएतका बक्ताहरुले अरुहरुको बहकाउमा नलागि काग्रेसले उठाएका उम्मेदबारहरुलाई जिताउनु पर्नेमा जोड दिनुभएको थियो ।

Comments
Loading...