नेपाल निर्माण व्यवसायी संघ कास्कीको अध्यक्षमा गुरुङ र सचिवमा बास्तोला निर्वाचित

हिमाली आवाज । नेपाल निर्माण व्यवासायी संघ कास्कीको १५ औँ अधिवेशनबाट अध्यक्षमा लिलकाजी गुरुङ निर्वाचित हुनुभएको छ ।

यही चैत ११ र १२ गते पोखरामा भएको संघको अधिवेशनले निर्वाचनबाट अध्यक्ष लगायतका पदाधिकारी तथा सदस्यहरु निर्वाचित गरेको हो ।
अध्यक्षमा निर्वाचित गुरुङले १९२ र उहाँका प्रत्याशी रामराज अधिकारीले १६६ मत पाउनुभयो । यसैगरी वरिष्ठ उपाध्यक्षमा सुवर्ण श्रेष्ठ विजयी हुनुभयो । श्रेष्ठले १९० मत प्राप्त गर्दै उहाँका प्रतिस्पर्धी प्रेम पहारीले १६७ मत पाउनुभयो ।

उपाध्यक्षमा कृष्णचन्द्र बराल विजयी हुनुभयो ।बरालले १८५ मत र उहाँका प्रत्याशी कृष्ण भण्डारीले १६० मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।यसैगरी सचिवमा इन्जिनियर शिरषकुमार बास्तोला १९४ मत प्राप्त गरी विजयी हुनुभयो ।उहाँका प्रत्याशी रविचन्द्र खनालले १५३ मत ल्याउनुभयो ।

सहसचिवमा कृष्ण ढकाल(केडी) विजयी हुनुभयो ।ढकालले २०२ मत प्राप्त गर्दा ज्ञानेन्द्र घिमिरेले १४३ मत पाउनुभयो ।कोषाध्यक्षमा उत्तम सिग्देल १९२ मत प्राप्त गरी विजयी हुँदा हिरामणि पोखरेलले १५७ मत पाउनुभयो । सहकोषाध्यक्ष पदमा धुव्रबाबु भट्टराई विजयी हुनुभयो । उहाँले १७९ मत ल्याउदा विरेन्द्रकुमार श्रेष्ठले १७३ मत ल्याउनुभयो ।

निर्वाचनबाट सदस्यहरुमा डम्बरराज ढकालले सर्वाधिक २१६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । विजयी अन्य सदस्यहरुमा हुमनाथ ढकाल, इन्जिीनियर दीपक सुवेदी, सुमन श्रेष्ठ, कृष्णहरि तिमिल्सिना र प्रकाश बराल रहनुभएको निर्वाचत समितिले जनाएको छ ।

Comments
Loading...