–कृष्ण दवाडी
हिमाली आवाज । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकमा निर्माण गरिएको ‘लाहाचोक १३२÷३३÷११ केभी’ प्रसारण लाइन सवस्टेशनको उद्घाटन गर्नुभएको छ ।
कास्कीको मर्दीखोला, सेती नदी तथा पर्वतको मोदीखोला र यस आसपासका नदीबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाईनमा जोड्ने गरी निर्माणाधीन ४२ किमी लामो नयाँ मोदी–लेखनाथ प्रसारण लाईन अन्तर्गत नेपाल विद्युत प्राधिकरणले सो सवस्टेशन निर्माण गरेको हो ।
सवस्टेशन नयाँ मोदी– लेखनाथ प्रसारण लाइन अन्तर्गत मोदी जलविद्युत केन्द्र हुँदै राष्ट्रिय ग्रिडमा जडान भएको र निकट भविष्यमा लेखनाथ १३२ केभी सवस्टेसनमा जोडिने आयोजनाले जनाएको छ । यहाँ जम्मा हुने विद्युत पोखरास्थित राष्ट्रिय प्रसारण लाइनमा जोड्न अहिले प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाले जनाएको छ ।
कार्यक्रममा मन्त्री भुसालले आगामी दुई वर्षभित्रमा सबै नेपालीका घरमा केन्द्रीय प्रसारण लाइनको विद्युुत पु¥याउने गरी सरकारले नीति कार्यक्रम र योजना बनाएको बताउनुभयो । उहाँले नेपालका नदी नालाहरुबाट अधिकतम विद्युत उत्पादनका लागि देशभित्रको लगानी सहित अन्तर्राष्ट्रिय लगानी र साझेदारी खोजिने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,“राजनीतिक प्रणालीमा परिर्वतनपछि जलविद्यूतको विकासमा सरकारी प्रयास अघि बढेको छ । निजी क्षेत्रलाई पनि यसमा खुला गरिएको छ । अहिले बत्तीका लागि होइन उर्जाका हरेक क्षेत्रमा विद्युत प्रयोग गर्ने र पेटेलियम पदार्थ, दाउरा र एलपी ग्यासलाई विस्थापित गर्ने अवस्थामा पुगेको छ ।”
पानीलाई विजुलीमा रुपान्तरण गरेर विजुली अन्तर्राष्टिय बजारमा विक्री गरी अहिलेको असन्तुलित व्यापार घाटा सन्तुलनमा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको मन्त्री भुसालले बताउनुभयो ।
सरकारले अगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको र सो विद्युत नेपालमा मात्र खपत हुन नसक्ने भएकाले आन्तरिक खपतमा बृद्धि गर्दै विद्युत व्यापारका लागि समेत कार्य अघि बढाइको मन्त्री भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“गत वर्ष भारतसँग ७५ मेगावाट विद्युत विक्री गरेर व्यापारको सुरुआत गरेका छौँ । आगामी वर्ष ५०० देखी ७०० मेगावाट विद्युत विक्री गर्ने योजना छ ।”
देशभित्र हाल कुलेखानी बाहेकको अर्को रिजर्भ(जलाशययुक्त) आयोजना नहुँदा हिउँद याममा भारतसँग विजली खरीद गर्नुपर्ने बाध्यता रहेपनि अर्कोवर्षबाट आत्मनिर्भर बन्ने अवस्था आउने उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले सवस्टेशन लगायतका प्रसारण लाइन निर्माणका क्रममा स्थानीयवासीहरु प्रभावित भएकाले सरकारले उचित मुआव्जा दिनुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो,“ सवस्टेसन र प्रसारण लाइनका टावरहरु राख्ने क्रममा यहाँका जनता पीडित बनेका छन् । उनीहरुलाई चित्त बुझाउने काम सरकारले गर्नुपर्दछ ।”
उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले लाहाचोक सवस्टेसन निर्माण र सञ्चालनसँगै विद्युत आपूर्ति र गुणस्तरमा सुधार आउने बताउनुभयो । उहाँले स्थानीय जनताको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“जनताको सहभागिता बिनाको विकास दीगो हुँदैन । जनताको माग सुनुवाई गर्दै अघि बढ्ने छौँ ।”
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ मोदी–लेखनाथ प्रसारण लाईन र यसअन्तर्गतका सवस्टेशनबाट ग्रामीण क्षेत्र सहित पोखराको आधा भुभागमा विद्युत सेवामा सुधार आउने बताउनुभयो । राष्ट्रिय प्रसारण लाइन नपुगेका कास्कीका विकट गाउँहरुमा समेत विद्युत विस्तार गर्न प्राधिकरण तत्पर रहेको उहाँको भनाई छ ।
माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले गाउँपालिका अन्तर्गत हाल मर्दी खोलामा दुई र सार्दीखोलामा एक जलविद्युत आयोजना निर्माण सम्पन्न भएकाृ र सेतीमा दुई आयोजना निर्माणको क्रममा रहेको बताउनुभयो । उहाँले गाउँपालिकाबाट १४३ मेगावाट जलविद्युत केही महिनाभित्रमा राष्ट्रिय प्रसारणमा जोडिने भएकाले जलस्रोतबाटनै पालिकाको समृद्धिको टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको र भारतको एक्जिम बैँकको ऋण लगानीमा सो सवस्टेशन निर्माण गरिएको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो ।उहाँका अनुसार यसको लागत रु एक अर्व पाँच करोड रहेको छ । भारतको हिताक्षी इनर्जी कम्पनीसँग सन् २०१८ जुन २१ मा निर्माण सम्झौता भएर सन् २०२१ डिसेम्बर २९ मा निर्माण कार्य सम्पन्न भएको बताइन्छ ।