पोखराको प्रस्याङमा टिभिएसको अत्याधुनिक सर्भिस सेन्टर सुभारम्भ

हिमाली आवाज । पोखरा महानगरपालिका–५ प्रस्याङमा टिभिएस मोटरसाइकल तथा स्कुटरको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।

गण्डकी मोटर्स प्रालिले आजदेखी सो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । सर्भिस सेन्टरको कार्यक्रमका प्रमुअ अतिथि अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष मोहनबाबु खड्का र जगदम्बा मोटर्सबाट प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले उद्घाटन गर्नुभयो ।

जगदम्बा मोटर्सको पोखराका लागि आधिकारिक विक्रेता बतास व्रदर्स अन्तर्गत गण्डकी मोटर्स प्रालिले आफ्नो अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टर खोलेको हो । करिब १४ हजार स्क्वायर क्षेत्रफलमा रहेको सो सर्भिस सेन्टर गण्डकीको प्रदेशकै सबैभन्दा ठुलो र सुविधा भएको दावी कम्पनीको छ । । दक्ष टेक्निसियन, पूर्णरुपमा सुसज्जित , ग्राहक लाउन्ज, पर्याप्त पार्किङ्ग स्पेस, ईञ्जिन कोठा, आदि सुविधाले सुसज्जित सो सेन्टरमा एकपटकमा २८ वटासम्म सर्भिस गर्ने क्षमता रहेको बताइन्छ ।

कार्यक्रममा जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक रौनियार सिनियर सर्भिस म्यानेजर अमरदीप मजुन्दर, स्पेयर पार्टस् प्रवन्धक ड्रोना संग्रौलाका मार्केटिङ महाप्रवन्धक विक्रम शर्मा पौडेल, बतास ब्रदर्शका चीफ अपरेटिङ अफिसर राजेश रानाभाट को पनि उपस्थिति रहेको थियो ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो ।नेपालभर १४५भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुका मन मस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्ट पुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा बढी बिक्री हुने टू–ह्वीलर ब्राण्ड बनेको छ ।

Comments
Loading...