पोखराको हेमजामा राष्ट्रिय शुभकामना गोल्डकप फुटबलको तयारी

हिमाली आवाज । “युवा एकता र विकाश को लागि खेलकुद“ भन्ने मूल मान्यता का साथ पोखरा महानगरपालिका–२५ हेमजामा “राष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिता २०७८“ हुने भएको छ । सो प्रतियोगिता आगामी जेठ १४ गते देखि २१ गते सम्म सञ्चालन हुँदैछ ।

हेमजा युनाइटेड क्लबको आयोजनामा हुने प्रतियोगिताको तयारीका लागि आयोजकले काम सुरु गरेको छ । प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न वृहत स्थानीयवासीका बीचमा छलफल लगायतका काम अघि बढाइएको क्लबले जनाएको छ ।

क्लबका सचिब सुनिल गायकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद रु छ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र एबम द्धितीय हुने टि ले नगद रु तिन लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसअघि सो प्रतियोगिता पाचौँ संस्करण सम्म शुभकामना कपको रुपमा संचालन भएकामा छैटौँ संस्करण देखि भने गोल्डकपको रुपमा खेलाउन थालिएको हो।

आयोजक हेम्जा युनाइटेडले अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबल संघलाई गोल्डकप संचालन गर्नकालागि स्विकृत माग गरेको थियो । सोहि स्विकृतको आधारमा एन्फाले क्लबलाई जेठको मिति दिएको हो ।

निवेदन स्विकृत गरेसंगै गोल्डकपको आयोजना गर्न पाउने भएको छ ।यस्तै स्विकृत संगै आफुहरुले प्रतियोगिताको तयारी गर्न लागेको हेम्जा युनाइटेका अध्यक्ष इन्द्र कुवरले जानकारी दिनुभयो ।

प्रतियोगितामा आयोजक, ए डिभिजन तथा वि डिभिजन सहित ८ टिमको सहभागिता रहने अध्यक्ष कुवरले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

Comments
Loading...