स्थानीय तहको निर्वाचनमा ठेकेदार र जग्गा व्यवसायी उम्मेदवार हुन नपाउने

काठमाडौँ । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा निर्माण क्षेत्रमा लागेका निर्माण व्यवसायी र जग्गा व्यवसायीहरु उम्मेदवार हुन नपाउने भएका छन् ।

निर्वाचन आयोगले स्थानीय तह चुनावमा ठेकेदारहरू र जग्गा व्यवसायीहरुलाई उम्मेदवार हुन रोक लगाएको हो ।आयोगले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहमा ठेक्कापट्टामा संलग्न नरहेको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने भनेको छ।

‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नभएको’ उम्मेदवारले स्वघोषणा गर्नुपर्ने हुन्छ। उम्मेदवारले मनोनयन दर्ता गर्नुअघि लिखित स्वघोषणा पत्र पनि पेश गर्नुपर्ने आयोगले बताएको छ।

Comments
Loading...