स्थानीय तह निर्वाचन :मादी गाउँपालिका अध्यक्षमा २४ वर्षीय ढकालको उम्मेदवारी

हिमाली आवाज । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कास्कीको मादी गाउँपालिका प्रमुख पदका लागि अटेरी उम्मेदवारी परेको छ । २४ वर्षीय सुनिल ढकालले अध्यक्ष पदका लागि अटेरी उम्मेदवारी घोषणा गर्नुभएको हो ।

पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियान पोखरा महानगर प्रमुखमा उम्मेदवारी दिएर गनेस पौडेलले सुरुआत गर्नुभएको थियो । हाल देशभर २ सय बढीको अटेरी उम्मेदवारी परि सकेको छ ।

कास्की वडा प्रमुखमा उम्मेदवारी परे पनि ४ गाउँपालिकामध्ये मादी गाउँपालिका प्रमुखमा पहिलो उम्मेदवारी परेको हो । स्थानीय तह दलरहित बनाउनुपर्ने माग सहित सुरुआत भएको यो अभियान अहिले चुनाव लक्षित कार्यक्रममा लागेको छ ।

पोखराका विभिन्न वडामा अभियानका अभियन्ताहरु छलफलका लागि जुटी रहेका छन् । आउँदो २६ गते अटेरी अभियानका अभियन्ताहरुको संयुक्त उम्मेदवारी घोषणा कार्यक्रम रहेको अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिनुभयो ।

Comments
Loading...