माधव नेपालसहित १४ सांसद विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्धको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको सो रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुन लागेको हो ।सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिल कुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ। यस अघि सर्वोच्च अदालतले नै सुनुवाइका लागि आजको मिति तोकेको थियो ।

Comments
Loading...