वाइसिएल पोखरा–२४ को अध्यक्षमा राजेश गिरी, दुई दर्जन माओवादी प्रवेश

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को भ्राृत संगठन वाइसियल पोखरा महानगरपालिका–२४ को अध्यक्षमा राजेश गिरी चयन हुनुभएको छ । युवा भेलाले गिरीको अध्यक्षतामा ३५ सदस्सीय वाइसियलको वडा कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा दिलिप सुवेदी, सचिव सुजन भट्टराई र सहसचिव रञ्जन सुवेदी चयन हुनुभयो । यसैगरी सोही वडामा भिमसेन बिकको अध्यक्षतामा १५ सदस्सीय राष्ट्रिय दलित मुक्ति मोर्चाको वडा कमिटी गठन भएको छ । भेलामा नेकपा एमाले, नेपाली काँग्रेस लगायतका दलबाट दुई दर्जन भन्दा बढी माओवादीमा प्रवेश प्रवेश गरेको वाइसियल इन्चार्ज भोजराज पौडेलले जानकारी दिनुभयो ।

नवप्रवेशीहरुलाई प्रतिनिधिसभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य दुर्गा विक, वाइसियलका केन्द्रीय सदस्य एवं कास्कीका इन्चार्ज भोजराज पौडेल, पार्टीका गण्डकी प्रदेश सदस्य बलराम सुवेदी, कल्पना पाण्डे, वाइसियल कास्की अध्यक्ष एगेँल्स कार्की लगायतले स्वागत गर्नुभयो ।

Comments
Loading...