माछापुच्छ्रेका तीन वडामा माओवादी केन्द्रको सम्पर्क कार्यालय उद्घाटन

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिका कमिटीले स्थानीय तहको निर्वाचनको तयारी सुरु गरेको छ ।
गत हप्ता गाउँ कमिटीका अध्यक्ष लगायतका पदाधिकारी चयन गरेको माओवादीले अहिले चुनावको तयारी स्वरुप सबै वडामा पार्टी सम्पर्क कार्यालय खोल्न सुरु गरेको छ ।

वडा नं २ को सार्दिखोला र वडा नं १ को माछापुच्छ्रेको सम्पर्क कार्यालय आज पार्टीका नेता एवं गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले उद्घाटन गर्नुभयो । यसैगरी घाचोकमा स्थानपना गरिएको पार्टी कार्यालयको सोमबार प्रतिनिधिसभा सांसद एवं पार्टी केन्द्रीय सदस्य दुर्गा विकले उद्घाटन गर्नुभएको थियो । माओवादी माछापुच्छ्रेले नौ वटै वडामा सम्पर्क कार्यालय स्थापना गरी आक्रामक रुपमा चुनावी अभियान सञ्चालन गरिने गाउँ कमिटीका अध्यक्ष बैकुण्ठ भण्डारीले बताउनुभयो ।

पार्टी सम्पर्क कार्यालय उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन)ले संघिय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरुको रक्षाका निम्ति पुनःगठबन्धन आवश्यक भएको बताउनु भएको छ ।

संघिय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरुको अझै पनि सुरक्षित हुने ग्यारेन्टी नभएकोले त्यसको रक्षाका निम्ति पनि गठबन्धन आवश्यक भएको बताउनु भएको होे ।

लामो समयको सघर्षबाट प्राप्तउपलब्धिहरुलाई संस्थागतगर्नुपर्नेमाहालकुनै समुहले खारेज गर्ने दिशातर्फ उन्मुख भएको आरोप लगाउदै नेकपा माओबादी केन्द्रका नेता समेत रहनु भएको मन्त्री बरालले प्राप्त उपलब्धिको रक्षाको निम्ति पनि गठबन्धन आवश्यक भएको दाबी गर्नु भएको हो ।

समाजवाद उन्मुख अभियानमा लागेको बताउदै मन्त्री बरालले शहीदका सपना पूरा गर्न अविचलित ढंगले आफुहरु लाग्ने जनाउनु भयो । स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा गठबन्धनमा चुनावी तालमेलमा समेत सम्मानजनक हिसावले सवैको अस्तित्व स्वीकार्नुपर्ने मन्त्री बरालको भनाई रहेको थियो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशका सदस्यद्धय नवराज भण्डारी, प्रविणा अधिकारी, माओबादी पार्टीका माछापुच्छ«े गाउँ समिति अध्यक्ष बैकुण्ठ भण्डारी, कोषाध्यक्ष रेम बहादुर पुन, माछापुच्छ«े गाउँपालिका वडा नम्बर १ का वडा सदस्य सुर्य गुरुङ, नेकपा माओबादी केन्द्र माछापुच्छ«े गाउँ समिति वडा नम्बर १ का अध्यक्ष जितबहादुर पुन, नेपाली कागेंस माछापुच्छ«े गाउँ समिति वडा नम्बर २ का सभापति गणेश आचार्य, माओबादी केन्द्र माछापुच्छ«े गाउँ समिति वडा नम्बर २का अध्यक्ष् ापुष्पराज गौतम लगायतले प्रतिगमन बिरुद्ध एक हुनुपर्नेमा जोड दिनु भएको थियो ।

Comments
Loading...